काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको केन्ट ब्रान्डले स्वच्छ वायुका लागि एयर प्युरिफायरहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। यी एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउने कम्पनीले बताएको छ।
वायु प्रदूषण बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावाको आवश्यकता बढेर गएको छ। केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुवाँ, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्त्वहरूलाई फिल्टर गरेर स्वच्छ हावा प्रदान गर्दछ।
यस एयर प्युरिफायरमा रियल टाइम एयर प्युरिटी मनिटर छ जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गर्छ। साथै एयर क्वालिटी इन्डिकेटरले हावाको अवस्था स्पष्ट देखाउने भएकाले प्रयोगकर्तालाई हावाको स्तर बुझ्न सजिलो हुन्छ। यसमा रहेको इनबिल्ट आयोनाइजरले हावालाई ताजा र स्वच्छ बनाउने काम गर्छ।
आधुनिक डिजाइन र प्रभावकारी प्रविधिसहित तयार गरिएको केन्ट एयर प्युरिफायर घर तथा कार्यालय दुवै स्थानका लागि उपयुक्त छ। यस उत्पादनमा १२ महिनाको वारेन्टी उपलब्ध छ।
