काठमाडौं- अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनावका कारण ऊर्जा आपूर्तिमा परिरहेको असरलाई मध्यनजर गर्दै नेपाली बजारमा आधुनिक प्रविधिमा आधारित इन्डक्सन हब सार्वजनिक गरेको छ।
एलपी ग्यासको वैकल्पिक समाधानका रूपमा कम्पनीले आफ्नो यो उत्पादन सार्वजनिक गरेको हो। विद्युत चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार माइडियाका इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुस बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ।
कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यो सहज र प्रभावकारी हुने कम्पनीको विश्वास छ।
नेपाली बजारमा हाल एमसी-सीएलसी२२डबलू१५, एमसी-भीएस२१३आरर-ईएमसी, आरटीवाई२०१४, एसकेवाई१९२४ तथा एमसी-३डी३००१आर२१२ गरी पाँच फरक मोडलका माइडिया इन्डक्सन हब उपलब्ध छन्। यी मोडलहरू फरक-फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ।
नेपालमा माइडियाका होम एप्लायन्सहरू सीजी इलेक्ट्रोनिक्समार्फत आधिकारिक रूपमा उपलब्ध छन्। चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको सीजी इलेक्ट्रोनिक्स नेपालको अग्रणी इलेक्ट्रोनिक्स वितरक कम्पनीमध्ये एक हो, जसले अन्तर्राष्ट्रि स्तरका गुणस्तरीय घरेलु उपकरणहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ।
बढ्दो ऊर्जा चुनौतीका बीच सुरक्षित, छिटो र ऊर्जा-दक्ष प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्ने आवश्यकता बढिरहेका बेला माइडिया इन्डक्सन हब आधुनिक नेपाली भान्साका लागि प्रभावकारी विकल्प बन्न सक्ने कम्पनीको दाबी छ।
