बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकद्वारा तिलगंगास्थित शान्ति सेवा गृहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
एनआईसी एसिया बैंकद्वारा तिलगंगास्थित शान्ति सेवा गृहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं- एनआईसी एसिया बैंकले काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका १ सय ५० जनाभन्दा धेरै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

लामो समयदेखि परोपकारी संस्थाका रूपमा काम गरिरहेको उक्त संस्थाअन्तर्गत रहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको बैंकले जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरू उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे।

बैंकले यसै वर्ष सातवटै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेनदार, विपन्न, पिछडिएका वर्ग तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो।

बैंकले यसअघि सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान तथा सातवटै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ। 


प्रकाशित : आइतबार, चैत १ २०८२१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend