शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन, लक्ष्यको ८२ प्रतिशत

आइतबार, चैत १ २०८२
फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन, लक्ष्यको ८२ प्रतिशत

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्म सरकारले तय गरेको राजस्व संकलन लक्ष्यको करिब ८२ प्रतिशत मात्र प्राप्त भएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्म सरकारले तय गरेको राजस्व संकलन लक्ष्यको ८२.६ प्रतिशत प्राप्त भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन ३० गतेसम्म सरकारले कुल ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

सरकारले फागुन महिनासम्मका लागि ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो तर वास्तविक संकलन लक्ष्यको ८२.६ प्रतिशत पुगेको देखिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य तय गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा राजस्व संकलनमा केही वृद्धि देखिएको छ। अघिल्लो वर्ष फागुन २९ गतेसम्म ७ खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। 

यस वर्ष राजस्व संकलन अघिल्लो वर्षको तुलनामा बढे पनि लक्ष्यअनुसार प्रगति हुन भने सकेको छैन।


प्रकाशित : आइतबार, चैत १ २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend