काठमाडौं- पश्चिम एसियामा बढ्दै गएको भू-राजनीतिक अस्थिरताका कारण विश्वभर ऊर्जाको आपूर्ति शृंखला प्रभावित भएको छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभाव सिर्जना हुन थालेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले आफ्ना अत्याधुनिक ८ वटा कुकटप मोडलहरू बजारमा सार्वजनिक गरेको छ। ग्यासको परनिर्भरतालाई घटाउँदै स्वदेशी जलविद्युतको प्रयोगलाई बढावा दिन सीजीले उच्च प्रविधि र सुरक्षासहितका यी उपकरणहरू ल्याएको हो।
सीजीले उपभोक्ताको आवश्यकता र भाँडाकुँडाको प्रयोगलाई ध्यानमा राख्दै तीन विधामा ८ वटा फरक मोडलहरू प्रस्तुत गरेको छ।
५ इन्डक्सन कुकटप मोडलहरू तीव्र गतिमा खाना पकाउन र उच्च ऊर्जा बचतका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।
यस्तै २ इन्फ्रारेड कुकटप मोडलहरूले जस्तोसुकै धातुका भाँडाहरूलाई सपोर्ट गर्दछन्। उपभोक्ताले आफ्नो भान्सामा रहेका स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका जुनसुकै भाँडाहरू यसमा सहजै प्रयोग गर्न सक्छन्।
१ हाइब्रिड कुकटप मोडलमा आधुनिक भान्साका लागि एउटै उपकरणमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा छ।
कम्पनीका अनुसार यी कुकटपहरूमा विश्वस्तरीय 'मोडर्न फिचर'हरू जडान गरिएका छन्।
उपकरणको मुटु मानिने आईजीबीटी उच्च गुणस्तरको प्रयोग गरिएको छ, जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिकाउपन सुनिश्चित गर्छ।
अत्यन्तै बलियो र तापप्रतिरोधी क्रिस्टल ग्लासको प्रयोग गरिएको छ, जसले भान्सालाई प्रिमियम लुक प्रदान गर्दछ।
सहज र आधुनिक प्रयोगका लागि 'फेदर टच' डिजिटल प्यानल उपलब्ध छ।
बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यसमा 'चाइल्ड लक'को विशेष सुविधा दिइएको छ, जसले गर्दा दुर्घटना हुने जोखिम रहँदैन।
सीजीले सबै ८ वटै मोडलका कुकटपहरूमा १ वर्षको पूर्ण वारेन्टी दिएको छ। कुकटपको सिसा फुटेमा वा समस्या आएमा २ वर्षको विशेष वारेन्टी प्रदान गरिएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
साथै ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।
