शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

फागुनमा पाथीभरामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी संकलन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
फागुनमा पाथीभरामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी संकलन

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गर्ने गरेका छन्।

ताप्लेजुङ- पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी सङकलन भएको छ। भक्तजनले चढाएको भेटीबाट उक्त रकम संकलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन्।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गर्ने गरेका छन्।

संकलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ।

फेदीमा करिब एक सातासम्म संकलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ। कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सीसीटीभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

सार्वजनिक गरिएको तथ्यांकअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्। रासस


प्रकाशित : आइतबार, चैत १ २०८२११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend