काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला २ सय २५ रुपैयाँले घटेर ५ हजार २ सय ७० रुपैयाँमा झरेको छ। गएको शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
