काठमाडौं- पछिल्लो समय पश्चिम एसिया क्षेत्रमा बढ्दो भू-राजनीतिक तनाव र इजरायल-अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ।
विशेषगरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता बढेको छ।
यसको प्रभाव दक्षिण एसियासहित नेपालमा पनि देखिन थालेको छ, जहाँ उपभोक्ताहरूले खाना पकाउने ग्यासको उपलब्धताबारे चिन्ता व्यक्त गर्न थालेका छन्।
पछिल्ला दिनहरूमा ग्यास डिपो र पसलहरूमा उपभोक्ताको भीड बढ्नु तथा आपूर्ति अस्थिर हुने आशंकाले वैकल्पिक खाना पकाउने उपकरणप्रति चासो बढ्दै गएको देखिन्छ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्सन चुलोलाई ग्यासको प्रभावकारी वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ।
विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार माइडियाका इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुश बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ।
कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ। कम्पनीले सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेपालमा माइडियाका होम एप्लायन्सहरू सिजी इलोक्ट्रोनिक्स मार्फत आधिकारिक रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
