बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

शनिबार, चैत ५ २०७८
मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची- मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ। नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन्।

नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ। धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ।

नगरपालिकाको  १३ लाख, सेवक नेपालको  १० लाख १० हजार १९ र जनश्रमदानबाट चार लाख ६७ हजार ३ सय १४ रुपैयाँको लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार भट्टराईले बताए।
 
धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए। उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ। घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गरे।


प्रकाशित : शनिबार, चैत ५ २०७८०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend