बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हेलिकोप्टर उडानमा दुई वायुसेवा कम्पनी थपिँदै, सगरमाथा र हेलि नेपालले पाए वायुयान ल्याउने अनुमति

शुक्रबार, फागुन २९ २०८२
हेलिकोप्टर उडानमा दुई वायुसेवा कम्पनी थपिँदै, सगरमाथा र हेलि नेपालले पाए वायुयान ल्याउने अनुमति

काठमाडौं- हेलिकोप्टर उडानमा दुईवटा वायुसेवा कम्पनी थपिने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथा एयर र हेलि नेपाललाई हेलिकोप्टर ल्याउन अनुमति दिएको हो।

प्राधिकरणले एक वर्षभित्र हेलिकोप्टर ल्याउन सक्नेगरी अनुमति दिएको हो। कुनै पनि वायु सेवा कम्पनीले उडान अनुमति (एओसी) पाउनुअगाडि पूरा गर्नुपर्ने पाँचवटा चरणमध्ये सगरमाथा र हेलि नेपालले चारवटा चरण पार गरेपछि हेलिकोप्टर ल्याउन अनुमति पाएका हुन्।

अब हेलिकोप्टर ल्याएर प्रुफिङ उडान गरेपछि एओसी पाउने छ। एओसी पाएपछि उडानमा फर्कन पाउने छन्। दुईवटै एयरले एस ३५० हेलिकोप्टर ल्याउन अनुमति पाएका हुन्।

जहाज ल्याउन अनुमति पाएको सगरमाथा एयर ८४ करोडको लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ता भइसकेको छ। सगरमाथा एयरले वार्षिक १२ सय ६९ घण्टा हेलिकोप्टर उडान गर्ने लक्ष्य लिएको छ। कम्पनीले वार्षिक ३० जनालाई रोजगारी दिने जनाएको छ।

अहिले हेलिकोप्टर उडानमा सिम्रिक एयर, प्रभु, कैलाश, मनाङ, मुस्ताङ, हेलि एभरेष्ट, फिस्टेल, श्री एयर, अल्टिच्युट, एयर डाइनेष्ट्रिक र माउन्टेन एयर छन्।


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend