शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नेपाल डब्लूटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २९ २०८२
नेपाल डब्लूटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन

संयुक्त राष्ट्रसंंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ-संगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

काठमाडौं- नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ।

संयुक्त राष्ट्रसंंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ-संगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

समिति डब्लूटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो। अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्लूटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकरण गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ-संगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन्। रासस

प्रकाशित : शुक्रबार, फागुन २९ २०८२११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend