शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नयाँ प्रणालीमार्फत राहदानी जारी गरिँदै, वितरण एक साता बन्द हुन सक्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २९ २०८२
नयाँ प्रणालीमार्फत राहदानी जारी गरिँदै, वितरण एक साता बन्द हुन सक्ने

जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ।

काठमाडौं- नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न विभिन्न प्रक्रिया अघि बढाइएको हुँदा राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक सातासम्म बन्द हुन सक्ने राहदानी विभागले जनाएको छ।

राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न लागेको हो। राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको विभागले जनाएको छ।

अबको एक/दुई महिनाभित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म सेवा प्रभावित हुने जनाइएको छ। 

जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एक देखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भइ जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागको भनाइ छ।

'उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ' विभागले सूचनामार्फत भनेको छ।


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend