काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। हिजो बिहीबार पनि सुनचाँदीको मूल्य घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको थियो।
यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले घटेको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
