काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६२ रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ छ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ३५ रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मुलाप्रतिकिलो ३५ रुपैयाँ, सेतो मुला(लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मुला(हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ४० रुपैयाँ, तिते करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ११० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ।
रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ८० रुपैयाँ, चमसुर प्रतिकिलो ८० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३५ रुपैयाँ, मेथी प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४५ रुपैयाँ, बकुला प्रतिकिलो ३५ रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ।
कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, कोइरालो प्रतिकिलो ३५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४५ रुपैयाँ, जिरीको साग प्रतिकिलो ४० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६० रुपैयाँ, सेलरी प्रतिकिलो १२० रुपैयाँ, पार्सले प्रतिकिलो २०० रुपैयाँ, सौफको साग प्रतिकिलो ८० रुपैयाँ, पुदिना प्रतिकिलो १६० रुपैयाँ, गान्टे मुलाप्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ र रूखटमाटर प्रतिकेजी २८० रुपैयाँ तोकिएको छ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २२० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुख कटहर प्रतिकिलो १२० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो ३०० रुपैयाँ, किनु प्रतिकिलो १३० रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ४०० रुपैयाँ, किबी प्रतिकिलो ४०० रुपैयाँ र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, अमला प्रतिकिलो १२० रुपैयाँ, अदुवा प्रतिकिलो ११० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी (हरियो) प्रतिकिलो ११० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९० रुपैयाँ, खुर्सानी (माछे) प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ९०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ८० रुपैयाँ, हरियो लसुन प्रतिकिलो ५० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ४० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो २०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो ८० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ। रासस
