काठमाडौं- नेपालका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीहरूबीच नेतृत्व तहमा पुग्नका लागि प्रतिस्पर्धा सुरू भएको छ।
महासंघको ६० औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। त्यसका लागि उद्योगी व्यवसायीहरूको चुनावी तयारी तीव्र बनेको छ। व्यवसायीहरूले आफूअनुकूलको प्यानलका लागि तयारी अघि बढाइरहेका छन्।
चैतको अन्तिममा हुने साधारणसभामा अध्यक्षबाहेक अरु पदका लागि निर्वाचन हुनेछ। अध्यक्ष भने वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: हुनेछन्।
अहिलेसम्मको अवस्थाअनुसार उपाध्यक्ष हेमराज ढकालले प्यालन बनाइसकेका छन्। उनले उपाध्यक्षसहित कार्यकारी समिति सदस्यसहितको प्यानल तयार पारिसकेका छन्। उनको प्यानलमा वस्तुगतमा नरेशलाल श्रेष्ठ, जिल्लानगरमा कल्पना गैरे, एशोसिएटमा ज्योत्सना श्रेष्ठ र महिलातर्फ कमला श्रेष्ठ छन्।
ढकालले प्यानल बनाएर प्रचार प्रसारको काम अघि बढाइसक्दा अर्कोतिर भने प्यानलले अन्तिम रूप पाएको छैन। रामचन्द्र संघईको नेतृत्वमा प्यानल बन्ने हल्ला चले पनि घोषणा अहिलेसम्म भएको छैन।
संघईको प्यानलनमा वस्तुगतमा शिव घिमिरे, एशोसिएसटमा प्रवलजंग पाण्डे, जिल्ला नगरमा लागि कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ रहने छन्। यीमध्ये कतिपयले प्यानल घोषणा नगरी व्यक्तिगत रुपमा प्रचार अघि बढाइसकेका छन्। सुरकृष्ण वैद्य पनि वरिष्ठ उपाध्यक्षको दाबेदारीमा भएका कारण अर्को प्यानल खुलस्त भएर आउन नसकेको व्यवसायीहरू बताउँछन्।
महासंघको चुनाव आउन अब एक महिना बाँकी रहँदा पनि अघिल्ला निर्वाचनको जस्तो रौनक भने यसपालि छैन। दुई कारणले पहिलेजस्तो नभएको व्यवसायीहरू बताउँछन्।
पहिलो कारण- प्रतिनिधिसभाको निर्वाचन हो। फागुन २१ गते निर्वाचन भएको र त्यसपछि अहिलेसम्म पनि निर्वाचनकै कारणले लगभग सार्वजनिक गतिविधि त्यतै केन्द्रित छ। अब भने विस्तारै प्रतिनिधि सभा चुनावको प्रभाव हराउँदै जाने र व्यवसायीहरले चुनावी गतिविधि अघि बढाउने छन्।
दोस्रो कारण हो- यसपालिको निर्वाचन एक नम्बर पदका लागि हुने छैन। यअघिका सधारणसभा तथा निर्वाचनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था थियो। त्यही भएर वरिष्ठ उपाध्यक्षका लागि सबथोक लगाएर व्यवसायीहरूले प्रतिस्पर्धा गर्थे तर यसपालि भने वरिष्ठ उपाध्यक्षमात्र हुनेछ। आगामी कार्यकालदेखि सिधै अध्यक्षको निर्वाचन हुन्छ। यसपालिको निर्वाचन दोस्रो स्थानका लागिमात्र केन्द्रित हुने छ।
यस्तो छ सम्भावित प्यानल
ढकाल समूह
वरिष्ठ उपाध्यक्ष - हेमराज ढकाल
एसोसिएट उपाध्यक्ष - ज्योत्सना श्रेष्ठ
जिल्ला-नगर उपाध्यक्ष - कल्पना गैरे
जिल्ला-नगर उपाध्यक्ष - उमेश डालमिया
वस्तुगत उपाध्यक्ष - नरेशलाल श्रेष्ठ
महिला उपाध्यक्ष - कमला श्रेष्ठ
संघई प्यानल (समूह)
वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघई संघई वा सुरकृष्ण बैद्य-(निर्णय हुन बाँकी)
एसोसिएट उपाध्यक्ष - प्रवलजंग पाण्डे
जिल्ला-नगर उपाध्यक्ष - कृष्ण शर्मा
जिल्ला-नगर उपाध्यक्ष - दिलसुन्दर श्रेष्ठ
वस्तुगत उपाध्यक्ष - शिवप्रसाद घिमिरे

