शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मंगलबारको उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ। फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ।

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मंगलबारको उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुंगा विमानस्थलबाट आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ। निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ।

हाल काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय रुपैयाँ र गुल्मीदेखि काठमाडौंका लागि ७ हजार ३ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ। रासस

प्रकाशित : बिहीबार , फागुन २८ २०८२१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend