बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प : बाइक तथा स्कुटर साटेर टियागो ईभी चढ्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
टाटा मोटर्सको एक्सचेन्ज क्याम्प : बाइक तथा स्कुटर साटेर टियागो ईभी चढ्ने मौका

काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्ष्य गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। 

‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी घर लैजान सक्नेछन्।

यो विशेष क्याम्पेन यही शुक्रबार, शनिबार र आइतबार देशभर सञ्चालन हुनेछ। अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन्। योजनाअन्तर्गत पुराना दुईपांग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट पाइनेछ।

त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधासमेत पाउने कम्पनीले जनाएको छ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ।  इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मार्टसका आधिकारिक शोरुमहरूमा पुगेर अफरको लाभ लिन सक्नेछन्।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend