बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला २ हजार र चाँदीको मूल्य २ सय ५ रुपैयाँले घट्यो

बिहीबार , फागुन २८ २०८२
सुनको मूल्य प्रतितोला २ हजार र चाँदीको मूल्य २ सय ५ रुपैयाँले घट्यो

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २ सय १० र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबारको तुलनामा आज बिहीबार नेपाली बजारमासुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला २ हजार र चाँदीको मूल्य २ सय ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ५ सय १५ निर्धारण भएको छ। हिजो बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो।

गत मंलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो। सोमबार एक तोला सुन ३ लाख १३ हजार २ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २ सय १० र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend