बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वमै पहिलो पटक बुद्ध एयरको एटीआर-७२ जहाजको बिदाइ, १६ वर्षमा २४ लाख यात्रुलाई सेवा

बिहीबार , फागुन २८ २०८२
विश्वमै पहिलो पटक बुद्ध एयरको एटीआर-७२ जहाजको बिदाइ, १६ वर्षमा २४ लाख यात्रुलाई सेवा

यसअघि बुद्ध एयरले एटीआर-४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो। बुद्ध एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ।

काठमाडौं- जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन नाइन एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ। एटीआर-७२ जहाजको अधिक्तम उडान क्षमता ७२ हजार साइकल हो। ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ।

यो एटीआर-७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो। यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट-काठमाडौंसम्म गरिएको थियो। १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो।

जहाज बिदाइ क्षणमा भावुक हुँदै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने- ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो। यसले बुद्ध एयरको बजार बिस्तार तथा शाख बढाउन दुबैमा ठूलो महत्वपूर्ण भूमिका खेलेको छ। हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत-सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए।

एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमान योग्य हातहरु एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो। यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।’

यसअघि बुद्ध एयरले एटीआर-४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो। बुद्ध एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ। साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend