काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत ल्याएपछि यसको लाभ अर्थतन्त्रलाई पुग्ने क्रेडिट रेटिङ एजेन्सी फिचले उल्लेख गरेको छ।
फिचले विज्ञप्ति जारी गर्दै रास्वपाको एकल बहुमतका कारणले अल्पकालीन राजनीतिक अस्थिरताको जोखिम न्यूनीकरण भएको र यसबाट अनुमानयोग्य नीतिगत व्यवस्था र आर्थिक सुधारका लागि फड्को मार्ने अवसर सिर्जना भएको उल्लेख गरेको छ।
लामो समयदेखिको राजनीतिक खिचातानी र राजनीतिकि शक्ति संघर्षलाई तोड्नेगरी जनताले एउटै पार्टीलाई बहुत दिएको र यसले गर्दा सुधारमा बल पुग्ने फिचको विश्लेषण छ।
आगामी पाँच वर्ष औसतमा वार्षिक ७ प्रतिशत आर्थिक वृद्धिदरसहित ३ हजार अमेरकी डलर प्रतिव्यक्ति आय बनाउने रास्वपाको लक्ष्यलाई फिचले महात्वकांक्षी भनेको छ।
रास्वपाको घोषणापत्रलाई आधार बनाएर फिचले आगामी सरकारको बारेमा अनुमान पनि गरेको छ।

