काठमाडौं- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।
प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ सिटसहित कुल १८२ सिट जितेको छ। दुई तिहाइ बहुमत पुर्याउन रास्वपालाई दुई सिट नपुग्ने भएको छ।
मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताएका छन्।
समानुपातिक निर्वाचनतर्फ १ करोड ७ लाख ३९ हजार ५ सय ४३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। गणना भएकोमध्ये रास्वपाले ५१ लाख ४८ हजार २ सय १७ मत ल्याएको छ। जुन ४७.८६ प्रतिशत हो।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ५४ हजार ३ सय ९५ मत ल्याएको छ। यो मत १६.२९ प्रतिशत हो।
यस्तै नेकपा एमालेले १४ लाख ५१ हजार ९ सय ५६, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ७१, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ६ सय ८२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ८२ मत हासिल गरेका छन्। अन्य दलले तीन प्रतिशतको थ्रेसहाल्ड कटाएनन्।
कसको कति सिट?

