काठमाडौं- काठमाडौं महानगरपालिका क्षेत्रभित्र वायु प्रदूषण उच्च स्तरमा पुगेको देखिएको छ। महानगरपालिकाले शहरका १८ स्थानमा जडान गरेको वायु गुणस्तर मापन उपकरणले अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचक १७० देखि १८८ सम्म पुगेको देखाएको छ।
महानगरपालिकाका अनुसार कलंकी चोक र नयाँ बसपार्कमा वायु गुणस्तर सूचक १८० पुगेको छ भने टेकुमा १८७ र हाँडीगाउँमा १८४ मापन गरिएको छ। कमलादीमा सबैभन्दा उच्च १८८ रेकर्ड भएको छ।
त्यस्तै थापाथली, वडा नं. ३१ कार्यालय र जडिबुटी चोकमा १७६, असनमा १७४, बौद्धमा १७८, बालाजु बाइसधारामा १७०, डल्लुमा १७७, क्षेत्रपाटीमा १७१ र स्वयम्भूमा १७३ मापन गरिएको छ। लैनचोरमा १८० र पुरानो बानेश्वरमा १६७ देखिएको छ भने रत्नपार्कमा १२० सूचक रेकर्ड भएको महानगरपालिकाले जनाएको छ। चावहिल चोकको तथ्यांक भने सार्वजनिक विवरणमा उल्लेख गरिएको छैन।
महानगरपालिकाले शहरका यी १८ स्थानमा जडान गरिएका उपकरणमार्फत वायु गुणस्तरको नियमित निगरानी गर्दै आएको छ। महानगरपालिकाको वेबसाइट मा गएर ‘वायु गुणस्तर निगरानी’ मार्फत वर्तमान अवस्थाबारे विस्तृत जानकारी हेर्न सकिने व्यवस्था गरिएको छ।

