बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समानुपातिकमा रास्वपाले ५७ सिट पाउँदा कांग्रेसले २० सिट पाउने सम्भावना

बुधबार, फागुन २७ २०८२
समानुपातिकमा रास्वपाले ५७ सिट पाउँदा कांग्रेसले २० सिट पाउने सम्भावना

काडमाडौं-  प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्पको मतगणना सम्पन्न भएको छ।  निर्वाचन आयोगक अनुसार कुल १ करोड ७ लाख ३९ हजार १ सय १५ मत सदर मत भएको छ। जसमा थेस्र होल्ड कटाउने पार्टी ६ वटा छन्।

सबैभन्दा बढी रास्वपाले ५१ लाख ३९ हजार २ सय ३५ मत पाएको छ। यसैगरी कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत पाउँदा एमालेले १४ लाख ४८ हजार ८ सय ५४ मत पाएको छ।

यसैगरी नेकपाले ८ लाख ५ हजार ७ सय ७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ र राप्रपाले ३ लाख २९ हजार ४ सय ७२ मत पाएका छन्।

यस आधारमा ११० सिटको बाँडफाँट हुँदा रास्वपाले ५७, कांग्रेसले २०, एमालले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट पाउने सम्भावना छ। तर यसको आधिकारिक निर्धारण भने निर्वाचन आयोगबाट हुने छ।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend