काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै हिजो मंगबालर ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार पनि त्यति नै मूल्यमा कारोबार भइरहेको छ।
चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
