शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रास्वपा सभापति लामिछानेको निर्वाचन खर्च ९ लाख ८९ हजार रुपैयाँ

बुधबार, फागुन २७ २०८२
रास्वपा सभापति लामिछानेको निर्वाचन खर्च ९ लाख ८९ हजार रुपैयाँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लागेको खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार, लामिछानेले निर्वाचन अवधिमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लागेको खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार, लामिछानेले निर्वाचन अवधिमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।

निर्वाचनमा लामिछानेले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाईमा ६८ हजार १६१ रुपैयाँ, यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च गरेका छन्।

साथै, खाजा तथा मतदाता प्रशिक्षणका लागि २ दिनमा १४ हजार २०० रुपैयाँ, २८ वटा वडामा वडास्तरिय प्रचार–प्रसारमा ४६ हजार रुपैयाँ, प्रचार सामग्री खरिद (ब्याच र झण्डा)मा १ लाख १२ हजार रुपैयाँ, ब्यानर र स्टिकरमा ५५ हजार रुपैयाँ, खाधान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

यसका अतिरिक्त, तीन पटकको हवाई यात्रा १३ हजार ६२६ रुपैयाँमा सम्पन्न भएको र गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको जानकारी आयोगमा दिइएको छ। लामिछानेले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेर पारदर्शिता कायम गर्ने प्रयास गरेका हुन्।

 


प्रकाशित : बुधबार, फागुन २७ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend