शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद, विश्वकप क्रिकेट जितेकोमा बधाई

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद, विश्वकप क्रिकेट जितेकोमा बधाई

मोदीले 'निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ' भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। जसमा प्रतिक्रिया दिँदै बालेनले धन्यवाद दिएका हुन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईमा धन्यवाद दिएका छन्। साथै टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेकोमा बधाई समेत दिएका छन्। 

प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको सफलतापछि मोदीले 'निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ' भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। जसमा प्रतिक्रिया दिँदै बालेनले धन्यवाद दिएका हुन्।  

'वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ' मोदीले लेखेका छन्, 'हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।'

धन्यवाद दिँदै बालेनले लेखेका छन्, 'धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री ज्यु। नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै लगातार दुईपटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।' 


प्रकाशित : मंगलबार, फागुन २६ २०८२१८:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend