शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बालेन नेतृत्वको सरकारले श्वेतपत्र जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
बालेन नेतृत्वको सरकारले श्वेतपत्र जारी गर्ने

बालेनको नेतृत्वमा सरकार बनेपछि यसलाई कसरी सार्वजनिक गर्ने भन्ने तय हुनेछ। छोटकरीमा सम्बोधन गरेर भन्ने कि लिखित रुपमा दस्तावेजमै प्रस्तुत गर्ने भन्ने विषय पछि निश्चित हुनेछ।

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने सरकारले देशको वर्तमानसम्मको अवस्थाको बारेमा जनतालाई जानकारी गराउने भएको छ। यसका लागि रास्वपाका नेताहरूले तयारी अघि बढाएका हुन्। 

रास्वपाले बाचापत्रको करारपत्र भनेर सार्वजनिक गरिएको पत्रमै संक्षिप्तमा देशको वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ। सुशासन, सार्वजनिक सेवा, पूर्वाधार तथा अर्थतन्त्र विषयमा अहिलेको अवस्था के छ भन्ने तथ्यांकीय र व्याख्यात्मक विवरणसहितको श्वेतपत्र जारी गर्ने तयारी अघि बढेको हो। 

रास्वपाका नेताहरूका अनुसार बाचापत्र लेख्दा नै केही तयारी भइसकेको र अहिले विषयगत रुपमा त्यसलाई व्यवस्थित गर्ने काम भइरहेको छ। नेताहरूले पार्टीका शुभचिन्त विज्ञहरुबाट यस्तो काम गराइरहेका छन्। 

बालेनको नेतृत्वमा सरकार बनेपछि यसलाई कसरी सार्वजनिक गर्ने भन्ने तय हुनेछ। छोटकरीमा सम्बोधन गरेर भन्ने कि लिखित रुपमा दस्तावेजमै प्रस्तुत गर्ने भन्ने विषय पछि निश्चित हुनेछ। 

विशेषगरी अर्थतन्त्रको विषयमा श्वेतपत्र जारी गरिन्थ्यो। युवराज खतिवडाले श्वेतपत्र ल्याएका थिए। उनले ल्याएको श्वेतपत्रले राजनीतिमा तरंग ल्याएको थियो। 

तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पहिलोपटक सरकारको नेतृत्वमा जाने भएकाले अहिलेसम्मका अवस्था के कस्तो छ, काम कसरी भइरहेको छ। तथ्यांक के छ भनेर जानकारी दिए र आफूले कस्तो शासकीय अवस्था सम्हालेको हो भनेर जनतालाई जानकारी दिनेगरी काम भइरहेको छ। 

सरकार गठन भएपछि प्रधानमन्त्रीदेखि मन्त्रीले कार्यभार सम्हालेपछि आधिकारीक सरकारी विवरणमा पहुँच भएपछिमात्र यसको आधिकारिक काम अघि बढ्नेछ। अहिले भने उपलब्ध र सार्वजनिक विवरणका आधारमा तयार पार्ने काम भइरहेको छ। 

श्वेतपत्रका लागि तथ्यांक बाहेका पर्सेप्सन सर्वेक्षण मोडलबाट पनि तथ्यांक र विवरण संकलन गर्ने कोशिस गरिएको नेताहरूले बताएका छन्। यस्तो काममा सहभागी एक जनाका अनुसार यदि सरकारले सार्वजनिक नै नगरे पनि आगामी योजना र सुधारका लागि काम लाग्ने भन्दै पार्टीले नै वृहत रुपमा अघि बढाएको हो। 


प्रकाशित : मंगलबार, फागुन २६ २०८२१८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend