बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नागरिक उड्डयन प्राधिकरणले माग्यो २५ जना एटीसी 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
नागरिक उड्डयन प्राधिकरणले माग्यो २५ जना एटीसी 

स्थायी पदपूर्ति नहुँदासम्मका लागि भन्दै प्राधिकरणले विज्ञापन खुलाएको हो। 

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी) मागेको छ। 

प्राधिकरणले एक वर्षको करामा लिनका लागि २५ जना वरिष्ठ अधिकृत दर्जाका लागि माग गर्दै आवेदन खुला गरेको छ। 

स्थायी पदपूर्ति नहुँदासम्मका लागि भन्दै प्राधिकरणले विज्ञापन खुलाएको हो। 

यो पदमा आवेदन दिनका लागि विज्ञान/ सूचना प्रविधि/ व्यवस्थापन/ इन्जिनियरिङ मधे कुनै एक विषयमा स्नातक पास गरेको हुनुपर्छ। त्यस्तै यस्तो शैक्षिक योग्यता भएकाहरूले छ महिनाको एयर सर्भिलेन्स तालिम लिएको हुनुपर्ने छ। 

असोज १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ। आवेदन दिनका लागि प्राधिकरणको वेबसाइटमा जान सकिने छ। भुक्तानीका लागि कनेक्ट आइपिएस वा इसेवा प्रयोग गर्नुपर्ने छ। 

लिखितमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको मिति पछि तोकिने प्राधिकरणले जानकारी दिएको छ। 


प्रकाशित : शुक्रबार, असोज १ २०७८०५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend