काठमाडौं- नेपाल वायुसेवा निगमको दुबई उडान भोलि बुधबारदेखि पुन: सञ्चालनमा आउने भएको छ।
भोलि बुधबार आरए २२९ जहाज काठमाडौं-दुबई स्थानीय समयअनुसार २३:१५ मा प्रस्थान गर्ने निगमले जनाएको छ। पर्सी बिहीबार स्थानीय समयअनुसार ४:१० मा दुबई-काठमाडौं उडान हुने छ।
उडान समय नियमित तालिकाअनुसार नै हुने निगमले जनाएको छ। २८ फेब्रुअरी देखी ९ मार्च २०२६ सम्म टिकट लिइ यात्रा गर्न असमर्थ रहेका यात्रुहरुले ११ मार्च २०२६ को दिन यात्रा गर्न इच्छुक भएमा ईमेलमार्फत सम्पर्क गर्न निगमले आग्रह गरेको छ।
निगमबाट टिकट पुनः प्रमाणीकरण गरिएका यात्रुहरु मात्र विमानस्थल जान भनिएको सूचनामार्फत भनिएको छ।
