बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समानुपातिक मत : ६ प्रदेशमा रास्वपा पहिलो, कर्णालीमा कांग्रेस

एमाले सातवटै प्रदेशमा तेस्रो

मंगलबार, फागुन २६ २०८२
समानुपातिक मत : ६ प्रदेशमा रास्वपा पहिलो, कर्णालीमा कांग्रेस

रास्वपा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पहिलो पार्टी भएको छ।

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा रास्वपाले १२५ क्षेत्रमा जित हासिल गर्दै पहिलो पार्टी भएको छ।

१८ क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ। एमालले ९ क्षेत्र र नेकपाले ८ क्षेत्रमा जित हासिल गरेको छ। पहिलो पटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उमेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन्।

समानुपातिक मततर्फ कुल १ करोड ४ लाख ४४ हजार ४ सय २५ मत गणना हुँदासम्म रास्वापाले ५० लाख १५ हजार ५ सय १० मत पाएको छ भने कांग्रेसले १६ लाख ९६ हजार ३ सय ९८ मत पाएको छ।

यसैगरी एमालले १४ लाख १३ हजार १ सय ६७ मत, नेकपाले ७ लाख ६८ हजार ५ सय ६२ मत, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४ सय ८६ मत र राप्रपाले ३ लाख २५ हजार ३ सय ९२ मत पाउँदै राष्ट्रिय पार्टी भएका छन्।

६ वटा प्रदेशमा रास्वपा पहिलो पार्टी भएको छ। रास्वपा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पहिलो पार्टी भएको छ।

यसैगरी रास्वपा पहिलो भएको सबै प्रदेशमा कांग्रेस दोस्रो हुँदा कर्णालीमा भने कांग्रेस पहिलो भएको छ।

सातवटै प्रदेशका एमाले तेस्रो भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमतीमा नेकपा चोथौ साथै मधेश र कोशी प्रदेशमा पाँचौँ भएको छ।


प्रकाशित : मंगलबार, फागुन २६ २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend