काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला ३ हजार ८ सय र चाँदी प्रतितोला ३ सय १० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको छ। हिजो सोमबार एक तोला सुन ३ लाख १३ हजार २ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ४ सय १० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १ सय ४१ र त्यति नै परिमाणको चाँदी ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
