काठमाडाैं- नेपाली राजनीतिमा स्थापित पुराना पार्टीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटकको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको छ। ७७ जिल्लामध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्रमा एकलौटी गर्दै रास्वपा दुईतिहाइ बहुमतनजिक पुगेको हो।
२०७९ को निर्वाचनमा २१ सिटसहित चौथो शक्तिका रूपमा रहेको रास्वपाले यसपटक प्रत्यक्षतर्फका १६५ सिटमध्ये १२५ सिट जितेको छ।
रास्वपा सभापति रवि लामिछाने र बालेन शाहको सहकार्य तथा बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने रणनीतिका कारण देशव्यापी रूपमा 'घण्टी’ को लहर चलेको देखिन्छ। प्रत्यक्षतर्फमात्र होइन समानुपातिकमा समेत रास्वपा अरु दलभन्दा निकै अघि देखिएको छ। जहाँ रास्वपाले ५० लाख मत कटाइसकेको छ।
यसअघि काठमाडौं, ललितपुर र चितवनका केही क्षेत्रमा मात्र खुम्चिएको रास्वपाले यसपटक बागमतीका ११, मधेशका ६, गण्डकीका ८, लुम्बिनीका ८ र सुदूरपश्चिमका ३ जिल्लामा जितेको छ। काठमाडौंका १० वटै क्षेत्र, झापाका ५, मोरङका ६ र रुपन्देहीका ५ वटैमा रास्वपा विजयी भएको छ। यद्यपि कर्णाली प्रदेशमा भने रास्वपा तुलनात्मक रूपमा कमजोर देखिएको छ। जहाँ सुर्खेत-२ मा मात्रै जितेको छ।
रास्वपाको अहिले ठूला दलहरू कांग्रेस र एमालेलाई खुम्च्याइदिएको छ। प्रत्यक्षतर्फ कांग्रेस १८ सिटमा सीमित भएको छ भने एमाले ९ सिटमा खुम्चिएको छ। माओवादी ७ र राप्रपाले जम्मा १ सिट मात्रै जितेको छ। विशेष गरी एमालेका लागि यो निर्वाचन निकै कमजोर सावित भयो; उसले बागमती, मधेश र गण्डकी जस्ता आफ्ना बलिया पकड क्षेत्रमा एउटै पनि सिट जित्न सकेन। मधेशका ३२ सिटमा शून्य भएको एमालेले कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा मात्रै जितेको छ।
अर्कोतर्फ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि ३ सिट जितेर पुराना दललाई थप चुनौती दिएको छ भने राष्ट्रिय पार्टीसमेत भएको छ।
रास्वपाको ४० जिल्ला 'क्लिन स्वीप’
१. झापा
निशा डाँगी
इन्दिरा राना मगर
प्रकाश पाठक
शम्भु प्रसाद ढकाल
वालेन्द्र शाह
२. मोरङ
यज्ञमणि न्यौपाने
कृष्ण कुमार कार्की
गणेश कार्की
सन्तोष राजवंशी
आशा झा
रुबिना आचार्य
३. ओखलढुंगा
विश्व राज पोखरेल
४. उदयपुर
पारशमणि गेलाल
सुर्य बहादुर तामाङ
५.सप्तरी
पुष्पा कुमारी चौधरी
रामजी यादव
अमर कान्त चौधरी
अमर कान्त चौधरी
६.सिराहा
बब्लु गुप्ता
शिव शंकर यादव
शम्भु कुमार यादव
तपेश्वर यादव
७. महोत्तरी
प्रमोद कुमार महतो
दिपक कुमार साह
उज्ज्वल कुमार झा
गौरी कुमारी
८. सर्लाही
रबिन महतो
अमरेश कुमार सिंह
९. बारा
गणेश धिमाल
चन्दन कुमार सिंह
अरबिन्द साह
हवर अंसारी
१०.पर्सा
बुद्धि प्रसाद पन्त
सुशील कुमार कानु
रामाकान्त प्रसाद चौरसीया
टेक वहादुर शाक्य
११. दोलखा
जगदीश खरेल
१२. रामेछाप
कृष्ण हरी बुढाथोकी
१३. सिन्धुली
धनेन्द्र कार्की
आशिष गजुरेल
१४. काठमाडौं
रन्जु न्यौपाने
सुनिल के.सी
राजु नाथ पाण्डे
पुकार बम
सस्मित पोखरेल
शिशिर खनाल
गणेश पराजुली
विराज भक्त श्रेष्ठ
डोल प्रसाद अर्याल
प्रदिप विष्ट
१५. भक्तपुर
रुकेश रन्जित
राजीव खत्री
१६. ललितपुर
बुद्ध रत्न महर्जन
जगदिश खरेल
तोसीमा कार्की
१७. धादिङ
आशिका तामाङ
बोध नारायण श्रेष्ठ
१८. मकवानपुर
प्रकाश गौतम
प्रशान्त उप्रेती
१९. चितवन
हरि ढकाल
रवि लामिछाने
सोविता गौतम
२०. लमजुङ
धर्म राज के.सी
२१. तनहुँ
स्वर्णिम वाग्ले
श्रीराम न्यौपाने
२२. कास्की
खडक राज पौडेल
उत्तम प्रसाद पौडेल
बिना गुरुङ्ग
२३. पर्वत
सागर भुसाल
२४. बागलुङ
सुशील खड्का
सोम शर्मा
२५. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
राजन गौतम
मनिष खनाल
२६. गुल्मी
सागर ढकाल
गोविन्द पन्थी
२७. रुपन्देही
सुनिल लम्साल
सुलभ खरेल
लेखजंग थापा
कन्हैया बनिया
तौफिक अहमद खान
२८. अर्घाखांची
हरिप्रसाद भुसाल
२९. प्यूठान
सुशान्त वैदिक
३० दाङ
देवराज पाठक
विपिन कुमार आचार्य
कमल सुबेदी
३१. बर्दिया
ठाकुर सिंह थारु
श्रीधर पोख्रेल
३२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
विक्रम खनाल
नरेन्द्र कुमार गुप्ता
३३. कैलाली
कोमल ज्ञवाली
के पी खनाल
जगत प्रसाद जोशी
खेम राज कोईराला
आनन्द बहादुर चन्द
३४. कन्चनपुर
जनक सिंह धामी
दिपक राज बोहरा
ज्ञानेन्द्र सिंह महता
३५. डडेलधुरा
तारा प्रसाद जोशी
३६. बैतडी
हरि मोहन भण्डारी
३७. काभ्रेपलाञ्चोक
मधु कुमार चौलागाई
बदन कुमार भण्डारी
३८. स्याङ्जा
धनन्जय रेग्मी
झवि लाल डुम्रे
३९. नुवाकोट
विक्रम तिमिल्सिना
अचुत्तम लामिछाने
४०. गोरखा
सुधन गुरुङ
कविन्द्र बुर्लाकोटी
