शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
 
आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २६ २०८२०७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend