काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा कांग्रेसका युवा नेता ३५ वर्षका निश्कल राई विजयी भएका छन्।
निश्कलले १४ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९ सय ६६ मत प्राप्त गरेका छन्।
