शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

भोजपुरमा बदर मत न्यून

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २५ २०८२
भोजपुरमा बदर मत न्यून

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिह्नमा मत संकेत गरिएको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।

भोजपुर- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्। प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो संख्या कुल मतको ६ दशमलव ७२ प्रतिशत हो।

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिह्नमा मत संकेत गरिएको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ। एकभन्दा बढी चिह्नमा संकेत गरेको मत कोटाभित्र स्पष्ट रुपमा लगाइएको पाइएको उनको भनाइ छ।

निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उनले बताए। जिल्लामा कुल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए। समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी (नेकपा एमाले) का शेरधन राईले  १४ हजार ७५० मत प्राप्त गरेका थिए। रासस


प्रकाशित : सोमबार, फागुन २५ २०८२१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend