शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणघाट सडक अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २५ २०८२
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणघाट सडक अवरुद्ध

'सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ, उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन्।'

नवलपरासी- बुटवल-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल-नारायणघाट सडक खण्ड अवरुद्ध भएको हो।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

'बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ', उनले भने, 'उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन्।'

अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ। सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए।


प्रकाशित : सोमबार, फागुन २५ २०८२११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend