बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संसदमा नयाँ शक्ति : ४० वर्षसम्मका यी ६१ युवाको प्रत्यक्षबाटै संसद यात्रा

सोमबार, फागुन २५ २०८२
संसदमा नयाँ शक्ति : ४० वर्षसम्मका यी ६१ युवाको प्रत्यक्षबाटै संसद यात्रा

संसद‌मा सबैभन्दा कम उमेरको पुरुष सांसदका रूपमा २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित भएका छन्। उनी मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्।

काठमाडौ‌ं- प्रतिनिधिसभा सदस्यको निर्वाचन नतिजाले नेपाली राजनीतिमा एउटा नयाँ र शक्तिशाली अध्यायको सुरुवात गरेको छ।प्रत्यक्षतर्फको नतिजाअनुसार ४० वर्ष उमेर समूहका ६१ जना युवाहरूले संसदको यात्रा तय गरेका हुन्।

विशेषगरी दुई तिहाइनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५२ जना युवा सांसद निर्वाचित भएका छन्। जसले दशकौँदेखि राजनीतिमा पकड जमाएका पुराना नेताहरूलाई ठूलो धक्का दिएको छ।

यस पटकको निर्वाचनमा सबैभन्दा चर्चाको केन्द्रमा झापा क्षेत्र नम्बर ५ रह्यो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका ३६ वर्षीय बालेन्द्र शाहले ६८ हजार ३ सय ४८ मतका साथ ऐतिहासिक जित निकाल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरे।

त्यसैगरी रास्वपाबाटै चितवन-३ मा ३० वर्षीया सोविता गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर विजय हासिल गरेकी छिन्। उनले नेकपाकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पछाडि पारिन्।

युवा लहरको अर्को उदाहरण मोरङ क्षेत्र नम्बर ६ मा देखिएको छ जहाँ रास्वपाकी ३१ वर्षीया रुबिना आचार्यले ५५ हजार ५ सय १३ मत ल्याएर कांग्रेसका दिग्गज नेता डा. शेखर कोइरालालाई पराजित गरेकी छिन्।

संसद‌मा सबैभन्दा कम उमेरको पुरुष सांसदका रूपमा २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित भएका छन्। रास्वपाका उनले मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेशकुमार बर्तौलालाई दोबर मतले पछाडि पार्दै विजयी भए।

काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै २९ वर्षीय सस्मित पोखरेलले ३० हजार ७ सय ३७ मतका साथ कांग्रेसका प्रदीप पौडेललाई पराजित गरे।

रूपन्देही-२ बाट रास्वपाका २८ वर्षीय सुलभ खरेलले भारी मतान्तरसहित जित निकाल्दा एमाले उपाध्यक्ष विष्णु पौडेल १२ हजार मतमा समेटिए।

भक्तपुरमा रास्वपाका ३९ वर्षीय राजिव खत्रीले ४२ हजार ३ सय ३४ मत ल्याएर एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गरेका छन्।

पुरानो दल नेपाली कांग्रेसबाट पनि युवाहरूले संसदमा ठाउँ बनाएका छन्। मुस्ताङबाट ३२ वर्षीय योगेश गौचन थकाली ३ हजार ३ सय ७ मतसहित निर्वाचित भएका छन् भने जाजरकोटबाट खड्कबहादुर बुढाले २० हजार १ सय ४२ मतका साथ शक्तिबहादुर बस्नेतलाई पराजित गरेका छन्। त्यस्तै कांग्रेसबाट पाल्पा-१ मा सन्दीप राना र मधेशका युवा नेता मोहम्मद फिरदोश आलम रौतहटमा विजयी भएका छन्।

नेकपा एमालेबाट ४० वर्ष मुनिका दुई जना संसद छिर्न सफल भएका छन्। जसमा ताप्लेजुङबाट क्षितिज थेबे र इलाम-२ बाट ३६ वर्षीय सुहाङ नेम्बाङ रहेका छन्। 

यसैगरी श्रम संस्कृति पार्टीबाट २९ वर्षका आरेन राई खोटाङबाट विजयी भएका छन्। 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षका ज्ञानबहादुर शाही जुम्लाबाट विजयी भएका छन्। राप्रपाका एकमात्र विजयी उम्मेदवार शाही यसअघि पनि सांसद थिए। 

रास्वपाबाट -

१.    बालेन्द्र शाह (बालेन) - ३६ वर्ष (झापा ५)

२.   प्रशान्त उप्रेती - २५ वर्ष (मकवानपुर २) 

३.   मनीष खनाल - २६ वर्ष (नवलपुर २) 

४.   सुलभ खरेल - २८ वर्ष (रुपन्देही २)

५.   सस्मित पोखरेल - २९ वर्ष (काठमाडौं ५) 

६.   बब्लु गुप्ता - २८ वर्ष (सिराहा १) 

७.   निशा डाँगी - २९ वर्ष (झापा १) 

८.   राजन गौतम - ३९ वर्ष (नवलपुर १)

९.   बदनकुमार भण्डारी - ३३ वर्ष (काभ्रे २)

१०.  कमल सुवेदी - ३८ वर्ष (दाङ ३)

११.  विपिनकुमार आचार्य - ३९ वर्ष (दाङ २)

१२.  तोसीमा कार्की - ३६ वर्ष (ललितपुर ३)

१३.  रविन महतो - ३८ वर्ष (सर्लाही २)

१४.  राजीव खत्री - ३९ वर्ष (भक्तपुर २)

१५.  लालविक्रम थापा - ३९ वर्ष (सुनसरी २)

१६.  सुनिल लम्साल - ३५ वर्ष (रुपन्देही १)

१७.  रहबर अन्सारी - ३९ वर्ष (बारा ४)

१८.  कृष्णकुमार कार्की - ४० वर्ष (मोरङ २)

१९.  सन्तोष राजवंशी - ३४ वर्ष (मोरङ ४)

२०.  शिवशंकर यादव - ३० वर्ष (सिराहा २)

२१.  आसिका तामाङ - ३७ वर्ष (धादिङ १)

२२.  तौफिकअहमद खान - ३८ वर्ष (रुपन्देही ५)

२३.  प्रकाश पाठक - ३७ वर्ष (झापा ३)

२४.  पुष्पाकुमारी चौधरी - ३६ वर्ष (सप्तरी १)

२५.  गणेश कार्की - ४० वर्ष (मोरङ ३)

२६.  तपेश्वर यादव - ३३ वर्ष (सिराहा ४)

२७.  प्रकाश गौतम - ३७ वर्ष (मकवानपुर १)

२८.  हरिप्रसाद भुसाल - ३७ वर्ष (अर्घाखाँची १)

२९.  प्रमोदकुमार महतो - ४० वर्ष (महोत्तरी १)

३०.  दिपकराज बोहरा - ३८ वर्ष (कञ्चनपुर २)

३१.  दीपककुमार साह - ३४ वर्ष (महोत्तरी २)

३२.  उज्‍ज्‍वलकुमार झा - ३३ वर्ष (महोत्तरी ३)

३३.  जगदीश खरेल - ३६ वर्ष (दोलखा)

३४.  सुशीलकुमार कानु - ३६ वर्ष (पर्सा २)

३५.  रुविना आचार्य - ३१ वर्ष (मोरङ ६)

३६.  पारशमणि गेलाल - ४० वर्ष (उदयपुर १)

३७.  सोविता गौतम - ३० वर्ष (चितवन ३)

३८.  सागर ढकाल - ३४ वर्ष (गुल्मी)

३९.  खगेन्द्र सुनार - ३५ वर्ष (बाँके ३)

४०.  पुकार बम - ३८ वर्ष (काठमाडौं ४)

४१.  रामजी यादव - ३० वर्ष (सप्तरी २)

४२.  कन्हैया बनियाँ - ३६ वर्ष (रुपन्देही ४)

४३.  सुशान्त वैदिक - ३१ वर्ष (प्युठान)

४४.  ज्ञानेन्द्र सिंह महता - ४० वर्ष (कञ्चनपुर ३)

४५.  झविलाल डुम्रे - ३३ वर्ष (स्याङ्जा २)

४६.  सुशील खड्का - ३९ वर्ष (बागलुङ १)

४७.  जगतप्रसाद जोशी - ३९ वर्ष (कैलाली ३)

४८.  केपी खनाल - २६ वर्ष (कैलाली २)

४९.  धनेन्द्र कार्की - ३८ वर्ष (सिन्धुली १)

५०. रञ्जु न्‍यौपाने - ३० वर्ष (काठमाडौं १)

५१. सोम शर्मा - ३४ वर्ष (बागलुङ २)

५२. सुधन गुरुङ - ३८ वर्ष (गोरखा १)

कांग्रेसबाट -

५३. मो. फिरदोश आलम - ३९ वर्ष (रौतहट २)

५४. खड्कबहादुर बुढा - ४० वर्ष (जाजरकोट १)

५५. सन्दीप राना - ३८ वर्ष (पाल्पा १)

५६. योगेश गौचन थकाली - ३२ वर्ष (मुस्ताङ)
 
५७. निश्कल राई  - ३५ वर्ष (इलाम १)

एमालेबाट -

५८. सुहाङ नेम्बाङ - ३६ वर्ष (इलाम २)

५९. क्षितिज थेबे - ३८ वर्ष (ताप्लेजुङ)

श्रम संस्कृति पार्टीबाट -

६०. आरेन राई - २९ वर्ष (खोटाङ १)

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट -

६१. ज्ञानबहादुर शाही - ३४ वर्ष (जुम्ला)


प्रकाशित : सोमबार, फागुन २५ २०८२१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend