बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २५ २०८२
सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घट्यो

छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २ सय रुपैयाँमा झरेको छ।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २ सय रुपैयाँमा झरेको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज सोमबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४ सय १० रुपैयाँमा झरेको छ। हिजो आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, फागुन २५ २०८२१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend