बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ नेपालमा देखियो, चाँडै सार्वजनिक हुँदै

आइतबार, फागुन २४ २०८२
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ नेपालमा देखियो, चाँडै सार्वजनिक हुँदै

यसका साथै एसर फास्टर अवार्ड २०२६ मा सुजुकी एक्सेस १२५ ले स्कुटर अफ द इयर अवार्डसमेत जितिसकेको छ।

काठमाडौं- भारतमा लगातार १० वर्षदेखि सर्वाधिक बिक्री हुने सुजुकीको नयाँ एक्सेस स्कुटर नेपाली बजारमा सार्वजनिक हुने भएको छ। १२५ सीसी इन्जिन क्षमताको एक्सेस स्कुटर नेपालमा देखिएको हो।

योसँगै सुजुकीको नेपालका लागि बिक्रेता भीजी अटोमोबाइलले सुजुकीको नयाँ स्कुटर एक्सेस १२५ सार्वजनिक गर्न लागेको हो। 

सुजुकी एक्सेस १२५ केही संख्यामा हालै नेपाल आइपुगेको र चाँडै बिक्रीका लागि बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ।

सुजुकी एक्सेस १२५ आफ्नो विश्वसनीयता, स्मुथ इन्जिन र उत्कृष्ट माइलेजका कारण भारतमा निकै लोकप्रिय स्कुटर मानिन्छ। यसमा प्रयोग भएको  १२४ सीसी इन्जिनले राम्रो पावर र इन्धन दक्षता दुवै प्रदान गर्छ, जसले दैनिक प्रयोगका लागि यसलाई उपयुक्त बनाउँछ।

आरामदायी सिट, हल्का डिजाइन, सहज ह्यान्डलिङ र ठूलो अन्डर-सिट स्टोरेज जस्ता विशेषताले पनि एक्सेस १२५ उपभोक्तामाझ लोकप्रिय बनाएको हो।

यसका साथै एसर फास्टर अवार्ड २०२६ मा सुजुकी एक्सेस १२५ ले स्कुटर अफ द इयर अवार्डसमेत जितिसकेको छ।

कम्पनीले औपचारिक रुपमा जानकारी नगराइसकेकाले यसको मूल्यलगायत विषय भने बाहिर आएको छैन। 


प्रकाशित : आइतबार, फागुन २४ २०८२१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend