काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी ३५ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन्।
साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतान्तरले पछि पारेका हुन्। तामाङले २७ हजार २४९ मत ल्याइन्।
हर्कराज राई अभियन्ताका रूपमा चर्चित हुँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
अहिले प्रतिनिधिसभा निर्वाचनअघि उनले श्रम संस्कृति पार्टी दर्ता गरेर अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका हर्कले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
