सप्तरी- सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।
निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८ सय ७५ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २ सय ३९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४ सय २८ मत प्राप्त गरेका छन्।
