काठमाडौं- जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो।
दुई सयभन्दा बढीको बयान र विभिन्न कागजात गराएको जानकारी दिँदै आयोगका सदस्य विज्ञानराज शर्माले गल्ती गर्नेहरुलाई कारबाहीका लागि सिफारिस भएको बताएका छन्।
