बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २४ २०८२
सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढ्यो

शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ।

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै गएको शुक्रबार प्रतितोला ५ हजार ४ सय ४५  रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ। 

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, फागुन २४ २०८२११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend