महोत्तरी- महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवानले ५ हजार ९ सय ६९ मत ल्याए। स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७ सय ९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीले ४ हजार ३ सय २४ मत ल्याभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र २ मा यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसकेका छन् भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि छिन्।
