बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओखलढुंगामा रास्वपाका विश्वराजले कांग्रेसका कुमारलाई ५ भोटले हराए

आइतबार, फागुन २४ २०८२
ओखलढुंगामा रास्वपाका विश्वराजले कांग्रेसका कुमारलाई ५ भोटले हराए

देशभर लहर देखिएको रास्वपाले ओखलढुंगामा निकै कम अन्तरले नतिजा आफ्नो पक्षमा पारेको हो। विश्वराजले १३ हजार ९ सय ५३ मत ल्याए भने कुमारले १३ हजार ९ सय ४८ मत ल्याए।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पराजित गरेका छन्। 

देशभर लहर देखिएको रास्वपाले ओखलढुंगामा निकै कम अन्तरले नतिजा आफ्नो पक्षमा पारेको हो। विश्वराजले १३ हजार ९ सय ५३ मत ल्याए भने कुमारले १३ हजार ९ सय ४८ मत ल्याए। 

अहिलेसम्म रास्वपाले देशभर १०७ सिट जितिसकेको छ। समानुपातिकमा पनि रास्वपा निकै अघि छ।

ओखलढुंगामा तेस्रो स्थानमा  नेपाली कम्युनिष्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २ सय ९६ मत ल्याएका छन्। चौथो स्थानमा रहेकी नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७ सय २० मत ल्याएकी छिन्। 

प्रकाशित : आइतबार, फागुन २४ २०८२१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend