काठमाडौं- मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
उनले ५ हजार ६ सय १७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६ सय १६ मतान्तरमा ५ हजार ६ सय १७ मत ल्याएर विजयी भएका हुन्।
रोकायले ५ हजार १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले २ हजार ४ सय ४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३ सय ७१ मत प्राप्त गरेका छन्।
मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। यो निर्वाचन क्षेत्रमा ३६ हजार ६ सय ०५ कुल मतदाता रहेकामा २२ हजार १ सय ६८ मत खसेको थियो। रासस
