बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २४ २०८२
बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका हुन्। भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

बैतडी- प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जित हासिल गरेको छ।

अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका हुन्। भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। 

नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्। भण्डारीले चन्दलाई ३ हजार ९४० मतको अन्तरले पराजित गरेका हुन्।

नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी १७ हजार ११ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।

प्रकाशित : आइतबार, फागुन २४ २०८२१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend