काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।
'सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ' उनले भनेका छन्।
आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, 'यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।'
सर्लाही क्षेत्र नम्बर ४ को अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भए भने थापाले २२ हजार ८ सय ३१ मत ल्याए। काठमाडौं-४ बाट निर्वाचन जित्दै आएका थापा पहिलो पटक मधेश झरेर सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका थिए।
यसअघि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका सिंह यसपटक रास्वपाबाट उम्मेदवार बनेका थिए।
निर्वाचनमा तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादव रहे। उनले ९ हजार ३ सय ४३ मत प्राप्त गरे।
