काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिराहा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता निर्वाचित भएका छन्। ४१ हजार ३ सय २२ मत पाएर गुप्ता निर्वाचित भएका हुन्। गुप्ता अन्तरिम सरकारका निवर्तमान खेलकुदमन्त्रीसमेत हुन्।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५ सय ३८ मतान्तरले पछि पारेका हुन्। कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए।
नेकपा (एमाले) का रामशंकर यादवले ७ हजार ८ सय ८६ मत, नेकपाका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत र जसपाका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाए।
