काठमाडौं- प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकको मत गणना पनि तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० प्रतिशत माथिको मत ल्याइरहेको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाले प्रत्यक्षमा निराशाजनक प्रदर्शन गरेको कर्णाली प्रदेशमै रास्वपा पहिलो देखिएको छ।
पछिल्लो विवरण अनुसार कर्णाली प्रदेशमा ५० हजार ६५५ मत ल्याएको छ। त्यस्तै ३९ हजार २०० मत ल्याएर एमाले दोस्रो छ। एमालेले पनि प्रत्यक्षमा निकै कमजोर प्रदर्शन गरेको छ। त्यस्तै प्रत्यक्षमा राम्रो गरिरहेको कांग्रेसले ३८ हजार ल्याएको छ।
प्रत्यक्षमा धेरै सिट जितेको कर्णालीमा नेकपाको मत भने कर्णालीमा २६ हजार छ।
